एजेन्सी- इंग्लिश प्रिमियर लिग फुटबलमा साविकको विजेता म्यानचेस्टर सिटीले एभर्टनलाई ३-१ गोलले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदानमा शनिबार भएको खेलमा सिटीका ग्राबियल जिससले दुई गोल गर्दै टोलीलाई शिर्षस्थानमा उक्लिन सहयोग गरेका हुन् ।
त्यस्तै सिटी कै रहिम स्टर्लिङले एक गोल गर्दा, एभर्टनका डोमिनिक काल्भर्ट लेविनले एक गोल फर्काए । जितसँगै सिटीले लिभरपुललाई २ अंकले पछि पार्दै शीर्ष स्थान उक्लियको हो । उपाधि होड कायम राख्ने क्रममा सिटीले १७ खेलबाट ४४ अंक जोडेको छ ।
प्रिमियर लिग अन्तरगत शनिबार राति नैभएका अन्य खेलमा टोटेनहमले बर्नलीलाई पराजित गरेको छ । टोटेनहमका क्रिस्टियन एरिक्सनले निर्णायक गोल गर्दै बर्नलीलाई १-० ले पराजित गरेको हो ।
त्यस्तै अर्को खेलमा वुल्भ्सले बर्नेमाउथलाई २-० ले पराजित गर्दा वाट्फोर्डले कार्डिफ सिटीलाई ३-२ गोल अन्तरले पराजित गरेको छ । अर्को खेलम न्युकासलले हडर्सफिल्ड र क्रिष्टल प्यालेसले लेष्टर सिटीलाई समान १-० गोलले हराएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४