बुधबार, चैत १८, २०८२

क्वालिफायरका लागि काठमाडौं र भैरहवा भिड्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

काठमाडौं-  एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेट अन्तर्गत आइतबारको एक मात्र खेलमा शीर्ष स्थानको ललितपुर प्याट्रीयट्स र दोस्रो स्थानको भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे हुनेछ । 

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर र शरद भेषावकरको कप्तानीमा रहेको भैरहवा दुबैको लक्ष्य क्वालिफायरमा पुग्नु हुनेछ । इपीएलको नियम अनुसार शीर्ष दुई टोलीले क्वालिफायर खेल्नेछ । 

क्वालिफायरमा विजेता हुने टोली सिधै फाइनलमा पुग्नेछ । पराजित टोलीले फाइनल प्रवेशको लागि इलिमिनेटर खेल्नु पर्ने हुन्छ । त्यसैले यस खेलमा जित हात पार्ने एक टोलीको शीर्ष दुई पक्का हुनेछ । 

पहिलो खेलमा विराटनगरसँग पराजित ललितपुरले त्यसपछिका तीन खेलमा लगातार जित हात पार्दै प्ले अफमा पुगेको हो ।  ललितपुरको ४ खेलबाट ६ अंक छ ।

सुरुवाती तीन खेलमा जित निकालेको भैरहवा शनिबार काठमाडौं किङ्स इलाभेनसँग पराजित भएको थियो । साविकको उपविजेता समेत रहेको भैरहवाको पनि ४ खेलबाट ६ अंक रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।