आइतबार, साउन १०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • रियल तेस्रो स्थानमा उक्लियो, एट्लेटिकोको अंक बार्सासँग बराबरी

रियल तेस्रो स्थानमा उक्लियो, एट्लेटिकोको अंक बार्सासँग बराबरी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- शनिबार राति भएको ला लिगा खेलमा रियल मड्रिडले रायो भालेकानोलाई १-० को झिनो अन्तरले पराजित गरेको छ । जितसँगै रियल अंक तालिकाको तेस्रोस्थानमा उक्लिएको छ । 

रियलले खेलको पहिलो हाफमा नै भालेकानोमाथि सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफको १३ औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै सुरुवाती अग्रता दिलाएका हुन् । उनले लुकास भास्क्वेजको पासलाई सहि सदुपयोग गर्दै गोल गरेका हुन् । 

दोस्रो हाफमा दुबै टोलीबाट केहि गोल गर्ने अवसरहरु सृजना भएपनि सदुपयोग गर्न नसक्दा खेलमा थप गोल हुन सकेनन् । र खेल रियलले १-० ले जितेको हो । 
 
यस जितसँगै रियलले शीर्षस्थानको बार्सिलोना र एट्लेटिको मड्रिडसँगको अंक दुरी २ मा झारेको छ । शीर्ष दुईमा रहेको बार्सिलोना र एट्लेटिकोको ३१ अंक छ । 

शनिबार राति नै भएको अर्को खेलमा एट्लेटिको मड्रिडले रियल भालाडोलिडमाथि ३-२ को संघर्षपूर्ण जित निकालेको छ । एट्लेटिकोको जितमा एन्टोइन ग्रिजमनले २ तथा निकोला कालिनिक एक गोल गरेका थिए ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।