बुधबार, चैत १८, २०८२

युभेन्टसको जितमा रोनाल्डोको गोल 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

एजेन्सी- पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलले युभेन्टस विजयी भएको छ । शनिबार राति भएको इटालियन सिरी ए फुटबलमा पेनाल्टीमार्फत गोल गरेपछि युभेन्टसले टोरिनोलाई १-० ले पराजित गरेको हो । 

निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा पहिलो हाफ गोल रहित बराबरीमा सक्किएको थियो । खेलको एक मात्र निर्णायक गोल दोस्रो हाफमा सम्भव भएको हो । 

खेलको ७०औं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै रोनाल्डेले गोल गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा युभेन्टस १-० ले विजयी हुन सफल भयो ।

जितपछि युभेन्टसले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । यससँगै दोस्रो स्थानको एसएससी नेपोलीमाथि ११ अंकको अग्रता बनाएको छ । युभेन्टसको १६ खेलबाट ४६ अंक पुगेको छ । नेपोलीले एक खेल कम खेलेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।