आइतबार, चैत २२, २०८२

नेपाली क्रिकेटका ‘शक्ति द पावर’ ले लिए संन्यास

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलिका ‘शक्ति द पावर’ नामबाट चिनिने भेट्रान बलर शक्ति गौचनले क्रिकेटबाट सन्यास लिएका छन् । राजधानीमा जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेटमा शनिबार चितवन टाइगर्सविरुद्ध मैदान उत्रदै क्रिकेटबाट सन्यास लिएका हुन् । 

ईपीएल क्रिकेटमा पोखरा राईनोजबाट खलेका शक्तिले चितवनविरुद्ध अन्तिम खेल खेलेका हुन् । शक्तिले नेपाली राष्ट्रिय टोलीबाट भने यसअघि नै सन्यास लिएका थिए । 

सन् २००२ मा सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका शक्ति नेपाली क्रिकेटले जुन उचाइ प्राप्त गरेको छ, त्यसका अभिन्न अंग हुन् । नेपालले हात पारेका हरेक उपाधिमा शक्तिले आफ्नो उपस्थीति बलियो देखाएका थिए । 

इन्डियन प्रिमियर लिग क्बल राजस्थान रोयल्समा शक्ति ट्रायल दिन गएको विषय निकै चर्चित बनेको थियो । सन् २०१४ को आईसिसी टी-२० विश्वकपमा शक्तीले गरेको प्रदर्शनलाई लिएर उनले शक्ती ‘द पावर’ कै उपमा पाएका थिए ।

सन् २०१२ मा भएको आईसिसी टी-२० विश्वकपको विश्वस्तरको छनोटमा १६ विकेट लिएर प्रतियोगिताकै सर्वाधिक विकेट लिने खेलाडीको सुचीमा दोस्रो स्थानमा रहेका शक्तीले डेनमार्कविरुद्धको खेलमा ह्याट्रिक समेत लिएका थिए । सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली खेलाडीको यो पहिलो सफलता थियो ।

सोही वर्ष भएको एसिसी ट्रफीमा उनले १५ विकेट लिए भने डिभिजन चारमा १० विकेट हात पारे । डिभिजन चारअन्तर्गत मलेसियाविरुद्ध भएको खेलमा उनले विश्व कीर्तिमानी प्रदर्शन गरेका थिए । 

उनले १० ओभरमा ८ मेडन राखेर दुई रन दिँदै तीन विकेट लिएका थिए । एकदिशवशीय स्वरुपका सिनियर अन्तर्राष्ट्रिय प्रतियोगितामा शक्तीको यो बलिङ इकोनोमी अहिलेसम्म कसैले तोड्न सकेको छैनन् । 

सन् २००१ मा यू-१७ राष्ट्रिय टोलीमा समावेश हुँदै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेका शक्तीसँग यू-१९ स्तरको विश्वकप समेत खेलेको अनुभव छ । उनी अन्तर्राष्ट्रिय क्रिकेटमा १० पटक प्लेयर अफ दी म्याच घोषित भएका छन् ।

सिनियर अन्तर्राष्ट्रिय किकेटमा शतक प्रहार गर्ने थोरै नेपाली खेलाडीको सुचिमा शक्तीको पनि नाम छ । क्रिकेटप्रति उनको समर्पणलाई लिएर सर्वत्र प्रशंसा हुने गरेको छ । शक्तीले खेलाडी जिवनपछि पनि क्रिकेटमै सक्रिय हुने बताएका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।