आइतबार, साउन १०, २०८३

थ्रीस्टारको जितमा रन्जितको निर्णायक गोल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा रुस्लान थ्री स्टार क्लबले मछिन्द्र फुटबल क्लबलाई पराजित गरेको छ । हलचोकस्थित एपीएफ मैदानमा शनिबार भएको खेलमा थ्री स्टारले मछिन्द्रलाई १-० को झिनो अन्तरले पराजित गरेमो हो । 

पहिलो हाफमा भएको खेलको एक मात्र गोल नै खेलको जितका लागि निर्णायक बन्यो । खेलको १२ औं मिनेटमा थ्री स्टारले खेलमा अग्रता लिएको थियो । १२ औ मिनेटमा डिफेन्डर रन्जित धिमालले पेनाल्टीकार्फत गोल गर्दै थ्री स्टारलाइ खग्रता दिलाएका थिए । 

उनको एक मात्र गोल नै थ्री स्टारको जितका लागि निर्णाय गोल बन्यो । थ्री स्टारका मिडफिल्डर निराजन खड्काले प्रहार गरेको बल मछिन्द्रका डिफेन्डर अन्जन देबकोटाले हातले रोकेपछि ललितपुरे क्लबले पेनाल्टीको अवसर पाएको थियो । 

३४ औं मिनेटमा थ्री स्टारका अल्बर्टको शसक्त प्रहार मछिन्द्रका गोलकिपर दिप कार्कीले उत्कृष्ट बचाउ गरेका थिए । ८२ औ मिनेटमा मछिन्द्रका अनिल गुरुङको प्रहार थ्री स्टारका गोलकिपर एलन न्यौपानेले उत्कृष्ट ढङ्गले बचाउ गरेका थिए । 

जितपछि थ्री स्टारले ८ खेलबाट २१ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । मछिन्द्र ३ अंक सहित तालिकाको पुछारमा छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।