मंगलबार, चैत २४, २०८२

चितवनको प्ले अफ पुग्ने संभावना कायमै, पोखरा ७ विकेट पराजीत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

काठमाडौं- एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेटमा चितवन टाइगर्सले दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा पोखरा राइनोजलाई ७ विकेटले पराजित गर्दै चितवनले लिगमा दोस्रो जित निकालेको हो ।

जितका लागि १ सय ३० रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित ओभरमा विकेट गुमाउदै लक्ष्य भेट्टाएको हो । चितवनका लागि पउल स्ट्रलिङले अर्धसतकिय पारी खेले । 

उनले ४६ बलमा पाँच चौका र दुई छक्का प्रहार गर्दै ५५ रनको अर्धसतकिय पारी खेलेका हुन् । त्यस्तै दिपेन्द्र सिंह ऐरीले अविजित ५४ रनको पारी खेले । उनले पनि ४६ बलमा पाँच चौका र दुई छक्का प्रहार गर्दै ५४ रनको अर्धसतकिय अविजित पारी खेलेका हुन् । 

सन्पि सुनुवारले १०, जोन सिम्पसनले ९ र जोर्ज स्कटले ३ रन जोडे । पोखराका लागि नन्द यादवले दुई तथा सुसान्त भारीले १ विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १ सय २९ रन बनाउनएको थियो । पोखराका लागि सुनील धमलाले ५१ रनको अर्धशतकीय पारी खेले । 

यस्तै विनोद भण्डारी २७ जोड्दा कप्तान कायल कोएट्जरले २३ रन जोडे । राजेश पुलामी मगर १२ रनमा आउट भए । चितवनका जर्ज स्कटले ३ तथा ललित सिंह भण्डारीले २ विकेट लिए । 

यस जितसँगै चितवनको प्ले अफको सम्भावना झन बलियो बनेको छ । चितवनले ५ खेलबाट ४ अंक जोडेको छ । प्ले अफका लागि चितवनले अब विराटनगर वारियर्स र काठमाडौं किङ्गबीचको नतिजासम्म रोक्नु पर्ने छ । यसै खेलबाट नेपाली राष्ट्रिय टोलीका पुर्व सदस्य शक्ति गौचनले सन्यास  लिएका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।