शनिबार, वैशाख २६, २०८३

साढे तीन करोड लगानीको 'महाजात्रा' ले कमायो साढे २६ करोड

 |  शुक्रबार, वैशाख ७, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ७, २०८१

काठमाडौं- गत चैत्र ९ गते देखि प्रदर्शनमा आएको चलचित्र ‘महाजात्रा’ले नेपाल र विदेशमा गरेर २६ करोड ६५ लाख रुपैयाँ कसेक्सन गरेको छ।

National life

चलचित्रले एक महिनामा यो रकम कमाएर पाँचौं सातामा प्रवेश गरेको छ। महाजात्रा अहिले पनि प्रदर्शन भइरहेको छ।

साढे तीन करोड लागतमा निर्मित चलचित्रले घरेलु थिएटरका झण्डै डेढ सय फिल्म हलबाट १५ करोड ९० लाख रुपैयाँ कलेक्सन गरेको छ भने नेपाल बाहेक १० करोड ७५ बराबरको व्यापार गरेको छ ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतका कलाकारको अभिनय रहेको छ। म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रूपमा निर्माण गरेका चलचित्रका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन्।

यो फिल्म जात्रा र जात्रैजात्राको सिक्वेल हो।

प्रकाशित: Apr 19, 2024| 16:40 शुक्रबार, वैशाख ७, २०८१
प्रतिक्रिया दिनुहोस्