बुधबार, भदौ १०, २०८३

करिब एक किलो सुनसहित महिला पक्राउ

 |  शुक्रबार, वैशाख ७, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ७, २०८१

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना महिला सुनसहित पक्राउ परेकी छन्।

आज दिउँसो १:४५ बजे थाई एयरमार्फत काठमाडौं आइपुगेकी भारतीय नागरिकबाट ८५० ग्राम सुन बरामद भएको हो।

पक्राउ पर्नेमा सहिना पर्विन छिन्। उनले अर्धठोस सुन कालो टेपले बेरेर ल्याएकी थिइन्।

हिजोमात्रै विमानस्थलमा बेवारिसे अवस्थामा एक किलो सुन फेला परेको थियो। दिल्लीबाट आएको ईण्डिगो एयरको सिटमा सुन भेटिएको हो।

सुन ल्याउने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 19, 2024| 15:18 शुक्रबार, वैशाख ७, २०८१
प्रतिक्रिया दिनुहोस्