बिहीबार, असोज २९, २०८३

विपदका कारण म्याग्दी र गोरखाका सडक खण्ड प्रभावित

 |  बिहीबार, असोज २९, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २९, २०८३

काठमाडौं- प्राकृतिक विपदका कारण गण्डकी प्रदेशअन्तर्गत म्याग्दी र गोरखा जिल्लाका प्रमुख सडक खण्डहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै सडक अवरोध र सञ्चालनको अवस्थाबारे जानकारी गराएको छ।  

असोज १० गते बिहान ५ः५० बजे रघुगंगा गाउँपालिका–२ स्थित बैसरीमा पहिरो खसेर अवरुद्ध भएको बेनी–जोमसोम सडक खण्ड हाल एकतर्फी रूपमा सुचारु गरिएको छ।  

असोज २५ गते बिहान ५ः३० बजे बाढीका कारण आरुघाट गाउँपालिका वडा नं. २, ३ र वडा नं. ९ नयाँपुल क्षेत्र प्रभावित भएको छ। सोतीमा रहेको फलामे पुल तथा गोरखा आरुघाटबाट धादिङ जोड्ने सडक खण्ड हाल पूर्ण रूपमा अवरुद्ध रहेको छ।

प्रकाशित: Oct 15, 2026| 09:28 बिहीबार, असोज २९, २०८३
प्रतिक्रिया दिनुहोस्