शनिबार, पुस १२, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेशलाई चार लाख धरौटीमा रिहा गर्न आदेश

पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेशलाई चार लाख धरौटीमा रिहा गर्न आदेश

 |  शुक्रबार, वैशाख ७, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ७, २०८१

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

National life

शुक्रबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश दीपक उप्रेतीको इजलासले उनलाई चार लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतमा तीन दिन भएको बयान र थुनछेक बहसपछि यस्तो आदेश भएको हो ।

दीपेश पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन्। अदालतलेले एक जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने पुनसहित ६ जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ।

सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले २८ जनाविरुद्ध मुद्दा दायर गरेकामा शुक्रबार थुनछेक बहसका क्रममा ७ जना उपस्थित थिए।

नवीन अछामीसँग १० लाख, दुर्गा चापागाईंसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, नीता थापामगरसँग २ लाख र रोशनी गुरुङसँग २ लाख रुपैयाँ धरौटी माग भएको छ। अदालतमा उपस्थित नभएका प्रतिवादीहरुका नाममा भने म्याद जारी गरिएको छ।

Laxmi sunrise bank
kumari

सुप्रिम सहकारीमा रकम वचत गर्ने १८३१ जनाले आफूहरुको रकम फिर्ता नपाएको भन्दै सहकारीका सञ्चालक र कर्मचारीविरुद्ध जाहेरी दिएका थिए। बचतकर्ताको दाबी अनुसार उक्त सहकारीले करिब एक अर्ब रुपैयाँ अपचलन गरेको छ।

 

प्रकाशित: Apr 19, 2024| 14:50 शुक्रबार, वैशाख ७, २०८१
प्रतिक्रिया दिनुहोस्