शनिबार, पुस १२, २०८२

रुखबाट खसेर एक युवकको मृत्यु

 |  शुक्रबार, वैशाख ७, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ७, २०८१

National life
Laxmi sunrise bank
kumari

बागलुङ- बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एकजनाको मृत्यु भएको छ। जिल्लाको निसीखोला गाउँपालिका–४ खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर आज बिहान मृत्यु भएको हो। 

बिहान ८ बजे बाख्रालाई घाँस काट्नका लागि घर नजिकैको जङ्गलमा गएका सुनारको रुखबाट सिँचाइ नहरमा खस्दा गम्भीर घाइते भएका थिए। घाइते सुनारलाई आफन्त र छिमेकीले उद्धार गरी बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा बाटोमै मुत्यु भएको निसीखोला–४ का वडाध्यक्ष टिकानिधि पौडेलले जानकारी दिए।

समाजसेवीसमेत रहेका सुनारको मृत्यले खाडचौर गाउँ स्वतब्ध बनेको उनले बताए। मृतक सुनारका श्रीमती, एक छोरा र एक छोरी छन्। 

प्रकाशित: Apr 19, 2024| 14:17 शुक्रबार, वैशाख ७, २०८१
प्रतिक्रिया दिनुहोस्