शनिबार, पुस १२, २०८२

एसीसी प्रिमियर कप सेमिफाइनल: यूएईलाई नेपालको १२० रनको लक्ष्य

 |  शुक्रबार, वैशाख ७, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ७, २०८१

काठमाडौं- एसिसी प्रिमियर कपमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले यूएईलाई पुग्न १ सय २० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

National life

ओमानस्थित अल अमरेत मैदानमा भएको खेलमा नेपाल निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन बनायो।

नेपालको जितमा सन्दीप जोराको ५० रन सर्वाधिक रह्यो। उनीबाहेक थप दोहोरो स्कोरका रूपमा गुल्सन झाले २० तथा करण केसीले १७ रन बनाए। नेपालका ओपनर कुशल भुर्तेल गोल्डेन डकआउट हुँदा आसिफ शेख ८ रन र कप्तान रोहित पौडेल ५ रनमा पेभिलियन फर्किए।

त्यस्तै, कुशल मल्ल ३ रनमा आउट हुँदा दीपेन्द्रसिंह ऐरी ५ रनमा पेभिलियन फर्किए। त्यस्तै, सोमपाल कामी २ रनमा आउट हुँदा अभिनास बोहराले १ र ललित राजवंशी २ रनमा अविजित रहे।

यूएईका लागि जुनाइद सिद्दीकी, अली नसीर र बसिल हमदले २-२ विकेट लिँदा ओमिद साफि रहमान, आयान अफ्जाल खान, मुहम्मद फारुखले समान १-१ विकेट लिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 19, 2024| 13:34 शुक्रबार, वैशाख ७, २०८१
प्रतिक्रिया दिनुहोस्