शनिबार, पुस १२, २०८२

सुनको भाउमा फेरि रेकर्ड

 |  शुक्रबार, वैशाख ७, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ७, २०८१

नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

National life

यसअघि मंगलबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। त्यस दिन सुन प्रतितोला एक लाख ३९ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

आज प्रतितोला एक लाख ३९ हजार तीन सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा एक सय रूपैयाँ बढी हो।

बिहीबार प्रतितोला ६ सय रूपैयाँ घटेको सुनको भाउ आज सात सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार छ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। 
 

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 19, 2024| 12:03 शुक्रबार, वैशाख ७, २०८१
प्रतिक्रिया दिनुहोस्