काठमाडौं- नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २७ सयले घटेर २ लाख ८९ हजार ५ सयमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुन तोलाको २ लाख ९२ हजार २ सयमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको १०० रुपैयाँले घटेर ४२५५ मा कारोबार भइरहेको छ। यसअघि मंग्लाब्र चाँदी तोलाको ४३५५ मा कारोबार भएको थियो।