मंगलबार, असोज २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • चालू आर्थिक वर्षको बजेटलाई कार्यान्वयन गर्ने सरकारले ल्यायो नागरिक बजेट

चालू आर्थिक वर्षको बजेटलाई कार्यान्वयन गर्ने सरकारले ल्यायो नागरिक बजेट

 |  मंगलबार, असोज २७, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २७, २०८३

काठमाडौं। सरकारले चालू आर्थिक वर्ष २०८३/८४ को बजेटको प्रभावकारी कार्यान्वयन गर्ने नागरिक बजेट पुस्तिका सार्वजनिक गरेको छ। हरेक सरकारले सार्वजनिक गर्ने बजेटको विकास खर्च एकतिहाइ पनि नहुने गरेको विगत अभ्यास रहिरहेका बेला बजेटका प्राथमिकता, करका प्रावधान र विकासका लक्ष्यहरूलाई नागरिक समक्ष पुर्याउन सरकारले बजेट पुस्तिका ल्याउन परेको बताएको हो। 

सरकारले ‘हाम्रो कर, हाम्रै बजेट, हाम्रो भविष्य’ नारासहित शनिवार नागरिक बजेट आर्थिक वर्ष २०८३/८४ सार्वजनिक गरेको छ। सरकारले चालू आवको वार्षिक बजेट तथा कार्यक्रमलाई सरल रुपमा आम नागरिकसमक्ष पुर्याउने उद्देश्यले नागरिक बजेट पुस्तिका तयार गरेको अर्थ मन्त्रालयले जनाएको छ। 

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नागरिक बजेट पुस्तिका बारे मन्तव्यमा भने चालू आवको बजेटले रोजगारी सिर्जना, पूर्वाधार विकास र समतामूलक आर्थिक रुपान्तरणलाई केन्द्रमा राखी उत्पादनशीलता र प्रविधिमैत्री अर्थतन्त्रको राष्ट्रिय आकांक्षा पूरा गर्ने दिशामा यो बजेट महत्वपूर्ण कोसेढुङ्गा साबित हुनेछ भन्ने विश्वास व्यक्त गरेका छन्। 

सरकारले सार्वजनिक गरेको नागरिक बजेटले मूल बजेटलाई आम नागरिकले सजिलै बुझन सक्ने, सरल स्पष्ट भाषा, राजस्व प्राप्त, क्षेत्रगत खर्च, बजेटबाट नागरिकले लाभ प्राप्त र बजेट निर्माण सँगै कार्यन्वयनलाई पुस्तिकाको मुख्य उद्देश्य रहेको छ। 

सरकारले बजेट पुस्तिकका भन्दा पनि बजेट कार्यान्वयनमा जोड दिन आवश्यकता रहेको अर्थविदुहरू बताउँछन्। 

अर्थविद् डा.खेमराज खरेलले नागरिकलाई बजेटले नै बोल्ने भएकाले बजेट पुस्तिका निकाल्न त्यत्ती आवश्यकता नरहेको बताए। सरकारले बजेटलाई प्रभावकारी कार्यान्वयन गरेर अगाडि लैजानु पर्ने उनको सुझाव छ। 

सरकारले समयमै योजना सुहिकृत गर्ने र प्रक्रियामा लैजान आवश्यक रहेको उनले बताए। बजेटले योजना गरे अनुसार बजेट नपुग्र्ने भएकाले गर्दा पनि समयमै खर्च हुन नसकिरहेको उनको भनाइ छ। 

प्राकृतिक विपद्का कारणले गर्दा पनि विकास निर्माणको कामहरु गर्ने नसक्दा प्रभावकारी बजेट खर्च हुन नसकेको उनले बताए। सरकारले कामको मल्याङकलाई एउटा मेकानिजम बनाएर काम गर्ने जरुरी रहेको उनको सुझाव छ। 

अर्का, अर्थविद् डा.रमेश पौडेलका अनुसार सरकारले सार्वजनिक गरेको नागरिक बजेट पुस्तिकाको उद्देश्य राम्रो छ। तर, उद्देश्य अनुसार सरकारको काममा तालमेल मिल्न नसकेको उनले बताए। 

सरकारले पुस्तिकमा बाचा गरे अनुसारको काम गर्नेका लागि संरचना अझै बन्न नसकेको उनको भनाइ छ। सरकारले पूँजिगत खर्चलाई बढाउनतर्फ लाग्न आवश्यक रहेको उनले बताए। 

सरकारले चालू आवका लागि सरकारले कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ  बजेट विनियोजन गरेको छ। यसमध्ये चालु खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९.८ प्रतिशत, पुँजीगत खर्चतर्फ चार खर्ब ३१ अर्ब ११ करोड अर्थात् २०.३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ चार खर्ब २२ अर्ब ६५ करोड अर्थात् १९.९ प्रतिशत छुट्याइएको छ।

बजेटको स्रोत व्यवस्थापनका लागि राजस्वबाट १४ खर्ब पाँच अर्ब ३२ करोड अर्थात् ६६.१५ प्रतिशत, वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड अर्थात् २.९१ प्रतिशत, वैदेशिक ऋणबाट २४ खर्ब सात अर्ब २८ करोड अर्थात् ११.६४ प्रतिशत र आन्तरिक ऋणबाट चार खर्ब अर्थात् १९.३० प्रतिशत जुटाउने लक्ष्य राखिएको छ।

सरकारले सुशासन कायम गर्ने, मध्यम वर्गको अभ्युदय गर्ने, उत्पादनशील रोजगारी सिर्जना गर्ने, प्रतिस्पर्धी अर्थतन्त्र निर्माण गर्ने र नागरिकलाई सम्मानपूर्ण जीवनयापनको आधार तयार पार्ने लक्ष्य बजेटमार्फत अघि सारेको छ। 

डिजिटल प्रविधि र कृत्रिम बौद्धिकता (एआई) को प्रयोग विस्तार गर्ने, निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्ने तथा युवा र स्टार्टअप व्यवसायलाई प्रोत्साहन गर्ने विषय पनि बजेटमा समेटिएका छन्।

प्रकाशित: Oct 13, 2026| 16:28 मंगलबार, असोज २७, २०८३
प्रतिक्रिया दिनुहोस्