मंगलबार, असोज २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालमा भित्रियो नयाँ १५० सिसी क्षमताको ‘भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी’

नेपालमा भित्रियो नयाँ १५० सिसी क्षमताको ‘भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी’

 |  मंगलबार, असोज २७, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २७, २०८३

काठमाडौं- इटालियन स्कुटर ब्रान्ड भेस्पाको नयाँ १५० सिसी क्षमताको ‘भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी’ (Vespa 150 FI OBD 2 Stage B) नेपाली बजारमा सार्वजनिक भएको छ। नेपालका लागि भेस्पाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले काठमाडौँको त्रिपुरेश्वरस्थित आफ्नो शोरुममा आयोजित एक विशेष कार्यक्रमका बिच यो नयाँ मोडल औपचारिक रूपमा बजारमा ल्याएको हो।

नयाँ स्कुटरले भेस्पाको ऐतिहासिक विरासत, मौलिक इटालियन डिजाइन र थप शक्तिशाली राइडिङ अनुभवलाई एकैसाथ प्रस्तुत गरेको कम्पनीले जनाएको छ। ‘एन इटालियन मास्टरपिस’का रूपमा परिचित भेस्पाले आफ्नो विशिष्ट बनावट र पहिचानमार्फत विश्वभरका राइडरमाझ विशेष स्थान बनाएको छ। नयाँ भेस्पा १५० एफआई ओबीडी २ स्टेज बीले यही विरासतलाई निरन्तरता दिँदै नेपाली ग्राहकका लागि १५० सिसी क्षमतामा थप शक्तिशाली विकल्प उपलब्ध गराएको छ।

स्कुटर सार्वजनिक गर्दै डेल्टा अटोकर्प प्रालिका निर्देशक केतन भिमसारियाले भेस्पाको कालजयी इटालियन डिजाइन र प्रतिष्ठित शैलीलाई कायम राख्दै नेपाली ग्राहकलाई अझ शक्तिशाली राइडिङ अनुभव प्रदान गर्न नयाँ मोडल ल्याइएको बताए।

त्यस्तै, कम्पनीका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) विजय महतोले नयाँ स्कुटरको सार्वजनिकरण कम्पनी र नेपाली ग्राहकका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए। नेपालको भौगोलिक बनावट र सहरी यात्रालाई ध्यानमा राखेर ल्याइएको यो स्कुटरले आधुनिक प्रविधि, उत्कृष्ट पर्फर्मेन्सका साथै स्टाइल, आराम र पावरको राम्रो अनुभव प्रदान गर्ने विश्वास उनले व्यक्त गरे।

डेल्टा अटोकर्पले देशभर विस्तार हुँदै गएको आफ्नो आधिकारिक बिक्री तथा सेवा सञ्जालमार्फत ग्राहकलाई उत्कृष्ट स्वामित्व अनुभव प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। नयाँ मोडलका विशेषता तथा उपलब्धताबारे थप जानकारी लिन ग्राहकले नेपालभर रहेका भेस्पाका आधिकारिक शोरुममा सम्पर्क गर्न सक्नेछन्।

प्रकाशित: Oct 13, 2026| 12:00 मंगलबार, असोज २७, २०८३
प्रतिक्रिया दिनुहोस्