मंगलबार, असोज २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सामसङ नेपाल र एनसेलको सहकार्य: दसैँमा सामसङका सामान खरिदमा एनसेल ग्राहकलाई ३१ प्रतिशतसम्म छुट

सामसङ नेपाल र एनसेलको सहकार्य: दसैँमा सामसङका सामान खरिदमा एनसेल ग्राहकलाई ३१ प्रतिशतसम्म छुट

 |  मंगलबार, असोज २७, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २७, २०८३

काठमाडौं- सामसङ नेपाल र एनसेल (Ncell) ले एनसेलका ग्राहकहरूका लागि दसैँको अवसरमा विशेष छुट अफर ल्याउन आधिकारिक रूपमा समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। यस सहकार्यले चाडपर्वको समयमा ग्राहकहरूलाई होम इन्टरटेनमेन्ट तथा घरायसी सामानहरू (होम एप्लायन्सेस) अपग्रेड गर्न थप सजिलो र फाइदाजनक बनाउने लक्ष्य राखेको छ।

यस सहकार्यअन्तर्गत एनसेलका ग्राहकहरूले छानिएका सामसङका टिभी, फ्रिज र वासिङ मेसिनको खरिदमा सामसङको चलिरहेको चाडपर्व अफरमा थप १२ प्रतिशतसम्मको छुट पाउनेछन्। यससँगै उपभोक्ताहरूले योग्य सामानहरूमा कुल ३१ प्रतिशतसम्मको लाभ प्राप्त गर्न सक्नेछन्। यो सहकार्यले सामसङको चाडपर्वको अफर “Smart Upgrade घरमा, Lucky Surprise चाडमा!” लाई अझ आकर्षक बनाएको छ।

यो अफर प्राप्त गर्नका लागि एनसेल ग्राहकहरूले एनसेल एप (Ncell App) को Partnered Services सेक्सनमा गएर आफूलाई लागू हुने छुट हेर्न सक्नेछन्। एनसेल प्याकमा गर्ने खर्चका आधारमा ग्राहकहरूले सामानमा छुटसहितको छुट्टै अफर कोड प्राप्त गर्नेछन्। उक्त अफर कोड लिएर नजिकैको सहभागी सामसङ आधिकारिक डिलर वा स्टोरमा गई ग्राहकहरूले छुटसहित सामान खरिद गर्न सक्नेछन्।

आफ्नो नजिकैको सहभागी सामसङ स्टोरको जानकारी लिनका लागि ग्राहकहरूले टोल-फ्री नम्बर १६६००१७२६६७ वा ९८०१५७२६६७ मा सम्पर्क गर्न सक्नेछन्। यो विशेष अफर ८ अक्टोबरदेखि १६ नोभेम्बर २०२६ सम्म लागू हुनेछ।

प्रकाशित: Oct 13, 2026| 11:53 मंगलबार, असोज २७, २०८३
प्रतिक्रिया दिनुहोस्