शनिबार, पुस १२, २०८२

तातोपानी भन्सारमा लक्ष्यभन्दा बढी राजस्व संकलन

 |  बिहीबार, वैशाख ६, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ६, २०८१

National life
Laxmi sunrise bank
kumari

सिन्धुपाल्चोक- चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ। चालु आवमा रु पाँच अर्ब ५९ करोड सङ्कलन गर्ने लक्ष्य लिएकोमा हालसम्म रु आठ अर्ब ५६ करोड सङ्कलन भइसकेको भन्सार प्रमुख दयानन्द केसीले जानकारी दिए। 

नाका सञ्चालन भएपछि व्यापार बढेको उनले बताए। पछिल्लो समय मानिसहरुको आवतजावत बढिरहेको उनको भनाइ छ। उहाँले यस भन्सार नाकामा भूकम्प पछिल्लो समय व्यापारिक गतिविधि बढे पनि सडकलगायतका पूर्वाधारमा भने सुधार हुन नसकेको बताए।

प्रकाशित: Apr 18, 2024| 19:01 बिहीबार, वैशाख ६, २०८१
प्रतिक्रिया दिनुहोस्