बुधबार, वैशाख १९, २०८१

यस्तो छ आजको विनिमय दर [२०८१ वैशाख ६ गते]

 |  बिहीबार, वैशाख ६, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ६, २०८१

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।

triton college

आज अमेरिकी डलर र दिनारको मूल्य यथावत रहँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ।

आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी युरो १ को खरिदर १४१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५७ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४१ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ४५ पैसा थियो।

बेलायती पाउन्ड १ को खरिददर १६६ रुपैयाँ १४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ८९ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६६ रुपैयाँ ८० पैसा थियो।

corrent noodles
Metro Mart

अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ७० पैसा र बिक्रीदर ८६ रुपैयाँ ०९ निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ६१ पैसा र बिक्रीदर ८६ रुपैयाँ थियो।

कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ। हिजो पनि कुवेती दिनार यही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ३३ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ३४ पैसा थियो।

प्रकाशित: Apr 18, 2024| 07:00 बिहीबार, वैशाख ६, २०८१
प्रतिक्रिया दिनुहोस्