काठमाडौं- नेपालमा आयोजना हुने पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपका उद्धघाटन खेलमा आयोजक नेपाल र भुटान भिड्ने भएका छन् । साउथ एसियन फुटबल फेडेरेसनले शुक्रबार जारी गरेको खेल तालिका अनुसार नेपालले भुटानसँग खेल्न लागेको हो ।
प्रतियोगिता आगामी फागुन अन्तिम साताबाट मोरङस्थित विराटनगरस्थित सहिद रंगशालामासञ्चालन हुनेछ । भुटानलाई नेपालभन्दा तुलनात्मक रूपमा कमजोर टोली मानिन्छ ।
साफ फुटबल सन् २०१९ को मार्चदेखि १२ देखि सञ्चालन हुँदैछ । प्रतियोगितामा एसियाली राष्ट्रका ६ देशको सहभागिता रहने छ । जसलाई दुई समूहमा विभाजन गरिएको छ । आयोजक नेपाल समूह ‘ए’ मा रहेको छ ।
सो समूहमा नेपालसहित पाकिस्तान र भुटान रहेका छन् । त्यस्तै समूह ‘बी’मा भारत, माल्दिभ्स र श्रीलंका छन् । त्यसपछि नेपालको दोस्रो खेल पाकिस्तानविरुद्ध हुनेछ । त्यसैगरी, नेपालले आफ्नो अन्तिम खेल बंलादेशसँग खेल्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४