आइतबार, असार ७, २०८३

रोकिएन सुनको मूल्यवृद्धि, कतिमा हुँदैछ कारोबार ?

 |  मंगलबार, वैशाख ४, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ४, २०८१
National life
Shivam cement

काठमाडौं- स्थानीय बजारमा पहेँलो धातु (सुन)को मूल्य आज प्रतितोला रु एक हजार सात सयले उकालो लागेर कीर्तिमान कायम गरेको छ। लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन सोमबारको तुलनामा रु एक हजार सात सयले उकालो लागेर रु एक लाख ३९ हजार दुई सय निर्धारण भएको छ। तेजाबी सुन आज प्रतितोला रु एक लाख ३८ हजार पाँच सय ५० निर्धारण भएको छ। 

त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु एक हजार सात सय ५० निर्धारण भएको महासङ्घले जनाएको छ।

प्रकाशित: Apr 16, 2024| 13:00 मंगलबार, वैशाख ४, २०८१
प्रतिक्रिया दिनुहोस्