आइतबार, असार ७, २०८३

शिवम् सिमेन्ट १३ करोड ३१ लाख बोरा बिक्री

 |  सोमबार, वैशाख ३, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ३, २०८१

काठमाडौं- शिवम् सिमेन्टले १३ करोड ३१ लाख बोरा ओपीसी सिमेन्ट बेच्न सफल भएको छ। यो बिक्री नेपाली सिमेन्ट जगतकै एतिहासिक भएको कम्पनीले दाबी गरेको छ।

National life

आफ्नै खानीको चुनढुंगाबाट उत्पादित उच्च गुणस्तरीय ओपीसी सिमेन्टले ग्राहकको विश्वास र भरोसा जित्न सफल भएको कम्पनीले बताएको छ। कम्पनीले सर्वसाधारणका लागि सेयर समेत जारी गरिसकेको छ। शिवम् सिमेन्टले ४३ र ५३ ग्रेडमा ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ।

शिवम् सिमेन्ट एनएस क्वालिटी अवार्ड २०१९ प्रथमबाट सम्मानित नेपालकै पहिलो सिमेन्ट कम्पनी पनि हो। आगामी दिनमा निरन्तर गुणस्तरीय उत्पादन मार्फत यस सम्बन्धलाई थप उचाई तर्फ लैजाने प्रतिबद्धता समेत कम्पनीले जनाएको छ।

सन् २००३ मा मध्य नेपालको मकवानपुरको हेटौंडामा स्थापित उद्योगले स्थानीय उच्च गुणस्तरीय चुनढुंगाको प्रयोग गरी दैनिक ३ हजार टन ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ।

नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा आईएसआई, यूआरएस प्रमाणित आईएसओ सर्टिफिकेट प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको छ।

Shivam cement

प्रकाशित: Apr 15, 2024| 16:48 सोमबार, वैशाख ३, २०८१
प्रतिक्रिया दिनुहोस्