आइतबार, असार ७, २०८३

ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा विशेष क्यासब्याक

 |  सोमबार, वैशाख ३, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ३, २०८१

काठमाडौं- ग्लोबल आइएमई बैंकले बैंकिङ प्रणालीमाफर्त हुने रेमिट्यान्स कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल रेमिटमार्फत पैसा पठाउादा ५०० रुपैयाँसम्म क्यासब्याक पाइने घोषणा गरेको छ।

National life

‘पैसा आउने, थपेर पाउने’ नारा सहित सार्वजनिक गरेको क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आइएमई बैंकमा रहेको खातामा पैसा पठाउँदा ५०० रुपैयाँसम्मको क्यासब्याक पाइनेछ।  

योजनाअन्तर्गत रेमिट्यान्स पठाउने व्यक्तिले २५ हजारदेखि ५० हजार रुपैयाँसम्म पैसा पठाउँदा एक सय रुपैयाँ, ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म पैसा पठाउँदा २५० रुपैयाँ र १ लाख रुपैयाँभन्दा बढी पैसा पठाउँदा ५ सय रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन्। यो योजना आगामी जुन १० सम्म चल्ने छ।

ग्लोबल आइएमई बैकमा भएको कुनै पनि खातामा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा बैंकले रेमिट्यान्समार्फत आएको पैसामा ५०० रुपैयाँ सम्म थप गरिदिनेछ।

 

Shivam cement

प्रकाशित: Apr 15, 2024| 11:07 सोमबार, वैशाख ३, २०८१
प्रतिक्रिया दिनुहोस्