बुधबार, चैत १८, २०८२

आर्मीलाई पराजित गर्दै मनाङ शीर्षस्थानमा यथावत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत मनाङ मस्र्याङदी क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै शिर्ष स्थानमा यथावत रहेको छ । एनफ कम्प्लेक्समा शुक्रबारको भएको खेलमा आर्मीलाई १-० ले पराजित गर्दै मनाङले शिर्षस्थानमा यथावत रहेको हो । 

खेलको एक मात्र गोल पहिलो हाफमा सम्भव भएको थियो । पहिलो हाफ तथा खेलको एक मात्र निर्णायक गोल विशाल राईले गरेका थिए । उनले ३१ औं मिनेटमा गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाएका थिए । 

हेमन गुरुङलाई आर्मीका खेलाडीले फल हानेपनि रेफ्रीले एडभान्टेज दिएपछि आडेलाजा सोमिडेको पासमा विशालले गोल गरेका हुन् । दोस्रो हाफमा आर्मीले दबाब बनाएपनि गोल गर्न सकेन । 

यस जितसँगै मनाङले शीर्ष स्थानमा ३ अंकको अग्रता कायम नै गरेको छ । मनाङले लगातार आठौं जित दर्ता गर्दै २४ अंक जोडेको छ । आर्मी भने ८ खेलमा ५ जित, २ बराबरी र १ हारसँगै १७ अंकमा नै सिमित छ । 

आर्मी अंक तालिकाको चौथो स्थानमा छ । दोस्रो स्थानमा रहेको संकटाको २१ अंक छ भने रुस्लान थ्री स्टार १८ अंकमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।