सोमबार, चैत २, २०८२

गुगलमा 'इडियट' खोज्दा किन देखाउँछ डोनाल्ड ट्रम्प?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- मंगलबार अमेरिकाको संसदीय समितिमा गुगलका सिइओ सुन्दर पिचाईलाई बयानका लागि बोलाइएको छ। डेमोक्रेटिक पार्टीकी महिला सदस्या जो लाँफ्ग्रेनले पिचाईलाई गुगलमा ‘इडियट’ खोज्‍दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आउनुको कारण सोधिएको थियो।
 
यसमा के राजनीतिक भेदभावको कारण हो? भनी जो लाँफ्ग्रेनले सोधेकी थिइन्। यस प्रश्नको जवाफमा पिचाईले गुगलको सर्च रिजल्ट एल्गोरिदमका आधारमा हुने गरेको छ। 

गुगलको रिजल्टमा अरबौं कि-वर्ड सर्च गरिएको शब्दको सम्बन्धित अन्य शब्दसँग गाँसिएर रिजल्ट आउने गर्छ।
   
आखिर किन आउँछ राष्ट्रपति ट्रम्पको तस्बिर ?


डोनाल्ड ट्रम्पको नाम कैयौँ पटक इडियट शब्दसँग प्रयोग भएको कारण इडियट सर्च गर्दा ट्रम्पको फोटो आउने गरेको पिचाईले बताए।
 
यो कुनै राजनीति भेद नभएको पनि पिचाईले प्रस्ट पारे। त्यस्तै, गत जुलाईमा डोनाल्ड ट्रम्प ब्रिटेन भ्रमणको लागि गएका थिए। सो समयमा उनको विरोधमा ‘अमेरिकन इडियट’ नामको गीत पनि बनाएका थिए। 

संसारभर ट्रम्पका आलोचक छन्। उनीहरूले लेखेका र पोष्ट गरेका विभिन्न लेख तथा रचनामा उनलाई इडियट भनी सम्बोधन गरेका छ्न्। यस्तैमा, रेडिट युजर्सले डोनाल्ड ट्रम्पको नाममा ‘गुगल बम्बिङ’ गरेको थिए। 

‘गुगल बम्बिङ’को अर्थ गुगलको डाटाबेसलाई प्रभावित गर्ने गरेर लेखिने लेख तथा रचनाहरू भन्‍ने बुझिन्छ। मानौं, ‘इडियट’ शब्दको प्रयोग डोनाल्ड ट्रम्पसँग अत्याधिक रूपमा प्रयोग भएको छ ।

यस कारण ‘ इडियट’ सर्च गर्दा सो शब्द बढी डोनाल्ड ट्रम्पसँग सम्बन्धित हुने कारण आएको पिचाईले बताए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।