काठमाडौं- आफ्ना अमूल्य तथा सम्मानित जलविद्युत क्षेत्रका सेवाग्राहीहरुसंग अन्तरक्रिया गर्नका लागि अन्तराष्ट्रिय टेक्नोलोजी समूह एण्ड्रीजले तेस्रो सेवाग्राही दिवस काठमाडौंको होटल हयात रिजेन्सीमा मनाएको छ।
कार्यक्रम ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन 'अनन्त' र नेपाल र भारतको लागि ऑस्ट्रियाको राजदुत उनको महामान्यब्रिगेट ओपिंगरबाट संयुक्तरुपमा भयो। आफ्नो सम्बोधनमा एण्ड्रीजले नेपालको जलविद्युत क्षेत्रमा पुर्याएका योगदान र यस क्षेत्रमा देखाएको प्रतिबद्दताको सराहना गरे।
नेपालको विकासमा एण्ड्रीजको साथ दसकौं अघिदेखि हालसम्म यस संस्थाद्वारा जडान एक सय ४४ मेगावाट जलविद्युत आयोजनाले यस अघिदेखि नै उत्पादन गरिरहेको तथा हाल निर्माणाधीन समग्र दुर्इ हजार मेगावाटमध्ये सात सय ५७ मेगावाट क्षमताका आयोजना रहेको कम्पनीले जनाएको छ।
हालको समयमा एण्ड्रीजले राष्ट्रिय गौरवको जलविद्युत आयोजना माथिल्लो तामाकोशी चार सय ५६ मेगावाट क्षमता, मध्य भोटेकोशी एक सय २ मेगावाट क्षमतालगायत अन्य थुप्रै आयोजनाहरुमा सफलताका साथ कार्य गरिरहेको छ। यस संस्थाले सम्पन्न गरेका कुलेखानी, मध्य-मर्स्याङ्दी तथा चिलिमे जलविद्युत आयोजनाहरु एक दसक भन्दा लामो समय देखि अविछिन्नरुपले संचालनमा छन्।
आफ्नो स्वागत मन्तव्यमा यस संस्थाका भारत, दक्षिण पुर्वी एशिया, अष्ट्रेलिया तथा न्युजिलैंड प्रान्तीय प्रमुख जोसेफ उल्मरज्यूले नेपालको जलबिध्युत विकासमा अविछिन्नरुपले योगदान पुर्याउन पाएकोमा गौरवान्वित महसुस गर्दै आगामी दिनहरुमा सोहि बमोजिम निरन्तरताको प्रतिबद्धता व्यक्त गरेको छ।
नेपालमा आफ्नो निरन्तर उपस्थितिलाई अझ मजबुत बनाई आफ्ना सेवाग्राहीलाई उत्कृष्ट सेवा दिनको लागि सन् २०१७ देखि बिक्रि, सेवा तथा आयोजना व
व्यवस्थापनको योग्य टिम रहेको कार्यालय काठमाडौंमा स्थापना गरिएको जानकारी पनि यहाँहरु समक्ष गराउदछौं।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४