शुक्रबार, जेठ १, २०८३

अमेरिकी थुनामा सात वर्षीया बालिकाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
वासिङ्टन-संयुक्तराज्य अमेरिकाको थुनामा ग्वाटेमालाकी एक सात वर्षीया बालिकाको मृत्यु भएको स्रोतलाई उद्धृत गर्दै अमेरिकी अखबार दी वासिङ्टन पोस्टले जनाएको छ । न्यू मेक्सिको राज्यमा अमेरिकी सीमा प्रहरीले पक्राउ गरेकी ती बालिकाको प्रहरी थुनामै मृत्यु भएको हो । 

मेक्सिकोबाट बाबु र अरु दर्जनौं व्यक्तिसँगै गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेकी ती बालिकाको शरीरमा पानीको मात्रा कम हुने समस्याबाट मृत्यु भएको अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायले जनाएको छ । 

उक्त निकायले ती बालिकाले धेरै दिनदेखि केही नखाएको र पानी समेत नपिएको बताएको छ । पक्राउ परेलगत्तै त्रसित मुद्रामा देखिएकी ती बालिकामा एकाएक काँप्ने समस्या देखिएको, र उपचारका लागि स्थानीय अस्पतालमा पुर्‍याएलगत्तै मृत्यु भएको सीमा सुरक्षा निकायले जनाएको छ । 

राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोबाट अमेरिका प्रवेश गर्न खोज्ने व्यक्तिलाई अवैध आप्रवासीको संज्ञा दिँदै उनीहरुलाई अमेरिका प्रवेश गरेमा पक्राउ गरी फर्काइदिने चेतावनी दिए। उनले हजारौं अमेरिकी सुरक्षा फौजलाई मेक्सिकोसँगको सीमामा तैनाथ गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।