आइतबार, असार ७, २०८३

सिद्धभूमे सामुदायिक वनमा चिया खेती सफल

 |  शुक्रबार, चैत ३०, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ३०, २०८०

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका-२ गौश्वाराको सिद्धभूमे हरियाली सामुदायिक वनमा  चियाखेती सफल भएको छ।

National life

सामुदायिक वनको १० रोपनी क्षेत्रफलमध्ये चार रोपनीमा परीक्षणका रुपमा गरिएको चियाखेती सफल भएको सिद्धभूमे हरियाली सामुदायिक वन उपभोक्ता समितिका सदस्य खिमबहादुर मल्लठकुरीले जानकारी दिए। 

समुद्री सतहदेखि दुई हजार दुई सय मिटरको उचाइमा रहेको गौश्वारामा सात वर्षअघि गोल्डेन जातको चियाका पाँच हजार बिरुवा परीक्षणको रुपमा लगाइएको थियो। तिनै बिरुवा हुर्केर अहिले सो क्षेत्र चियाको वनमा रुपान्तरण भएको छ।

'हामीले परीक्षणको रुपमा लगाएका बिरुवाले यस वर्षदेखि उत्पादन दिएका छन्', उनले भने, 'चिया खेती निकै राम्रो भएको छ। आगामी दिनमा  बिरुवा थप्ने योजनामा छौँ।'

गौश्वारा गाउँ शीतोष्ण हावापानी भएको र पूर्वतर्फ फर्किएको जौविक विविधताले सम्पन्न नमूना गाउँ हो।

Shivam cement

प्रकाशित: Apr 12, 2024| 07:01 शुक्रबार, चैत ३०, २०८०
प्रतिक्रिया दिनुहोस्