आइतबार, पुस १३, २०८२

नेपालगञ्जमा साढे चार करोडको पञ्चकर्म भवन निर्माण हुँदै

 |  बिहीबार, चैत २९, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २९, २०८०

नेपालगञ्ज- आयुर्वेदिक उपचार पद्धतिको प्रभावकारी कार्यान्वयनका निम्ति नेपालगञ्जमा पञ्चकर्म भवन निर्माण थालिएको छ।

National life

लुम्बिनी प्रदेश सरकारको सहयोगमा आयुर्वेद स्वास्थ्य केन्द्र, बाँकेको चार करोड ५२ लाख १७ हजार आठ सय ३८ रूपैयाँको लागतमा थालिएको भवन अहिले निर्माणाधीन रहेको आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा गीता रेग्मीले जानकारी दिइन्। 

केन्द्रप्रमुख रेग्मीका नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं ८ स्थित रानीतलाउ नजिकै निर्माणधीन पञ्चकर्म भवनलाई १५ शय्याको आयुर्वेद अस्पतालका रुपमा विकास गर्ने लक्ष्य छ। सम्झौताअनुसार आगामी बैशाख ५ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ। 'पञ्चकर्मका सबै विधिमा उपचार गर्न धेरै कक्ष आवश्यक पर्छन्', उनले भनिन्।

हाल केन्द्रले बिरामी परीक्षण, जीवनशैलीसँग सम्बन्धित परामर्श, भान्सा सुधार कार्यक्रम, शिक्षकलाई आयुर्वेद योग शिक्षालगायत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिँदै उनले आयुर्वेदप्रतिको विश्वास बढ्दै गएको बताइन्।

उनले सीमित जनशक्तिबाट धेरै काम गर्न परेको अनुभव सुनाउँदै सात जनाको दरबन्दी रहेकामा दुई जना मात्रै स्थायी जनशक्ति भएको बताइन्। उनले १५ शय्याको पञ्चकर्म भवन निर्माण भएपछि जनशक्ति पनि बढने विश्वास व्यक्त गर्दै अहिले पनि २०४५ सालमा स्वीकृत जनशक्तिले काम गरिरहेको उल्लेख गरिन्।

Laxmi sunrise bank
kumari

थेरापीमा आकर्षण बढ्दै

बाँकेमा सञ्चालित विभिन्न आयुर्वेद स्वास्थ्य केन्द्रमा विभिन्न थेरापी लिनेको सङ्ख्या पनि बढिरहेको छ। चालु आवको छ महिनामा पूर्व पञ्चकर्म सेवा दुई हजार नौ सय १० ले लिएका छन्। ज्येष्ठ नागरिकतर्फ नौ सय २७ ले सेवा लिएका छन्।

योग सेवा लिनेको सङ्ख्या दुई हजार दुई सय ८७ रहेको छ। दूध खुवाउने छ सय ३५ आमाले सेवा प्राप्त गरेका छन्।

प्रकाशित: Apr 11, 2024| 17:01 बिहीबार, चैत २९, २०८०
प्रतिक्रिया दिनुहोस्