बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • स्कुल बस पल्टिँदा हरियाणामा पाँच विद्यार्थीको मृत्यु, कैयौं घाइते

स्कुल बस पल्टिँदा हरियाणामा पाँच विद्यार्थीको मृत्यु, कैयौं घाइते

 |  बिहीबार, चैत २९, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २९, २०८०

भारत हरियाणाको महेन्द्रगढ जिल्लामा स्कुल बस पल्टिँदा पाँच बालबालिकाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन्।

समाचार एजेन्सी एएनआईका अनुसार अस्पतालमा २० बालबालिका घाइते अवस्थामा लगिएको थियो। चार बच्चाको ज्यान अस्पताल पुर्‍याउनु् अघि नै गइसकेको थियो। एक बच्चालाई भेन्टिलेटरमा राखिएकोमा उनको पनि केहीबेरमै मृत्यु भएको थियो। १५ जना अस्पतालमा उपचाररत छन्। उनीहरुको स्वास्थ्य सुधारोन्मुख छ।

यो बस जीआरएल स्कुलको हो र उनीहरु बसमा स्कुल जाँदै थिए।

 

प्रकाशित: Apr 11, 2024| 12:30 बिहीबार, चैत २९, २०८०
प्रतिक्रिया दिनुहोस्