बुधबार, भदौ १०, २०८३

दूधकोसीमा पौडी खेल्दा दुई युवकको ज्यान गयो

 |  बिहीबार, चैत २९, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २९, २०८०

काठमाडौं- भोजपुरको आमचोक गाउँपालिका-१० स्थितमा दूधकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ।

बुधबार दिउँसो १ बजे आमचोक-६ देवानटारका २० वर्षीय सुदिप दर्जी र १८ वर्षीय अजय राई दूधकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेका थिए। खबर पाएपछि इलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो।

दुवै जना मृतकको शव पोष्टमार्टमका लागि धरानस्थित घोपा पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 11, 2024| 08:54 बिहीबार, चैत २९, २०८०
प्रतिक्रिया दिनुहोस्