बुधबार, भदौ १०, २०८३

आज इदको सार्वजनिक बिदा

 |  बिहीबार, चैत २९, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २९, २०८०

काठमाडौं- देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र (इद) मनाउँदै छन्। यो तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो। बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको हो।

इदको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन् । रमजानलाई पवित्र महिना मानिन्छ । 'जकात (दान) यही महिनामा दिइन्छ।

इद–उल फित्रमा ‘सेवइ’ खाएर र सामूहिक रुपमा नमाज पढेर यो पर्व मनाइन्छ। राष्ट्रिय जनगणना–२०७८ अनुसार देशमा मुस्लिम सुमदाय कूल जनसङ्ख्याको ५ दशमलव ९ प्रतिशत छ। 
 

प्रकाशित: Apr 11, 2024| 07:29 बिहीबार, चैत २९, २०८०
प्रतिक्रिया दिनुहोस्