आइतबार, पुस १३, २०८२

गाउँपालिका अध्यक्ष मानव बेचबिखनको आरोपमा पक्राउ

 |  बुधबार, चैत २८, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, चैत २८, २०८०

काठमाडौं- रसुवाको नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्बु स्याङबो घले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ परेका छन्।

National life

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले उनलाई बुधबार पक्राउ गरेको हो। घले ०७३ सालदेखि फरार रहेको प्रहरीले जनाएको छ।

उनीलगायत व्यक्तिले एक महिलालाई कुबेत लैजाने भन्दै भारतको नयाँदिल्ली हुँदै श्रीलंकाको कोलम्बो पुर्याएर बन्धक बनाएका थिए। ती महिलाले प्रहरी र संघ संस्थाको सहयोगमा उद्धार भएको थियो।

सो मुद्दामा घले त्यसवेलादेखि नै फरार रहेको खुलेको छ। बीचमा उनी चुनाव लडेर गाउँपालिका अध्यक्ष बनेका थिए।

प्रकाशित: Apr 10, 2024| 21:24 बुधबार, चैत २८, २०८०
प्रतिक्रिया दिनुहोस्