आइतबार, चैत २९, २०८२

लागूऔषधसहित दुई महिला पक्राउ

 |  बुधबार, चैत २८, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, चैत २८, २०८०

काठमाडौं- सिनामङ्गलस्थित सुकुम्वासी बस्तीबाट लागूऔषधसहित प्रहरीले दुई महिलालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। 

National life

पक्राउ पर्नेमा चितवन घर भएकी ३५ बर्सिया लक्ष्मी परियार र काठमाडौँ महानगरपालिका–९ सिनामङगल बस्ने मिना बस्नेत रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

उनका अनुसार प्रहरीले लक्ष्मी परियारको डेराबाट १९ दशमलव ८० ग्राम लागूऔषध पोल्यान्ड तथा बस्नेतको डेराबाट नुफ्रिन २४ एम्पुल, फेनारगन ४७ एम्पुल तथा डाइजेपाम ९५ एम्पुल बरामद गरिएको छ।

यसैगरी परियारको साथबाट प्रहरीले रु छ हजार तीन सय ५० तथा बस्नेतको साथबाट रु चार लाख १० हजार नगद बरामद गरिएको प्रवक्ता अधिकारीले बताए। 

उनले भने, ‘पक्राउ परेका परियार र बस्नेतको डेरामा प्रहरीले छापा मार्दा लागूऔषधसहित उक्त नगद बरामद गरिएको र सो विषयमा आवश्यक अनुसन्धान भइरहेको छ।’

kumari

प्रकाशित: Apr 10, 2024| 17:36 बुधबार, चैत २८, २०८०
प्रतिक्रिया दिनुहोस्