आइतबार, पुस १३, २०८२

प्रकाश तिमिल्सेनालाई जोखिमपूर्ण फोटो पत्रकारिता अवार्ड

 |  बुधबार, चैत २८, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, चैत २८, २०८०

काठमाडौं- कान्तिपुर दैनिक र द काठमाण्डु पोस्टका फोटो सम्पादक प्रकाशचन्द्र तिमिल्सेनालाई जोखिमपूर्ण फोटोपत्रकारिता अवार्ड प्रदान गरिएको छ।

National life

न्युज एक्सप्रेस मिडिया प्राइभेट लिमिटेडले काठमाडौंमा आयोजित एक कार्यक्रममा बीच तिमिल्सेनासहितका पत्रकारहरूलाई राष्ट्रिइ डिजिटल मिडिया पुरस्कार प्रदान गरेको हो। तिमिल्सेनालाई उपसभामुख इन्दिरा राना र प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीले प्रमाणपत्र दिएका थिए। तिमिल्सेनाले पछिल्लो समय इजरायल-हमास युद्धको स्थलगत रिपोर्टिङ गरेका थिए।

अवार्डअन्तर्गत तिमिल्सेनालाई जोखिमपूर्ण फोटो पत्रकारिता अवार्ड, उकालो अनलाइनकी दीपा दाहाललाई जोखिमपूर्ण पत्रकारिता अवार्ड, खबरहबका प्रधान सम्पादक अरुण बराललाई डिजिटल मिडिया एडिटर अवार्ड, प्राइम टाइम टिभीका अध्यक्ष ऋषि धमलालाई डिजिटल मिडिया पपुलर प्रोग्राम अवार्ड र सिधा कुरा जनतासँगका प्रस्तोता वीरेन्द्र जैरुलाई जनआवाज डिजिटल मिडिया अवार्ड प्रदान गरिएको छ ।

त्यस्तै नागरिक दैनिकका आर्थिक ब्युरो प्रमुख दिलीप पौडेललाई सशक्त पत्रकारिता अवार्ड प्रदान गरिएको छ। वरिष्ठ पत्रकार भैरव रिसाललाई भने लाइफटाइम अचिभ्मेन्ट अवार्ड प्रदान गरिएको छ।

प्रकाशित: Apr 10, 2024| 16:48 बुधबार, चैत २८, २०८०
प्रतिक्रिया दिनुहोस्