आइतबार, पुस १३, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • भन्सार छली भारतबाट भित्र्याइएको दश करोडभन्दा बढीको अवैध सामान बरामद

भन्सार छली भारतबाट भित्र्याइएको दश करोडभन्दा बढीको अवैध सामान बरामद

 |  बुधबार, चैत २८, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, चैत २८, २०८०

बाँके- बाँकेमा भन्सार छली गरी भारतबाट भित्र्याइएको दश करोड रूपैयाँभन्दा बढीको अवैध सामान सशस्त्र प्रहरी बल नेपालले बरामद गरेको छ।

National life

चालु आर्थिक वर्षको साउनदेखि चैतको २७ गतेसम्म दश करोड दश लाख रूपैयाँ बराबरको भन्सार छली भित्रिएका अवैध सामान बरामद गरिएको सशस्त्र प्रहरी बल नम्बर ३० बागेश्वरी गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बिमल डाँगीले जानकारी दिए।

उनका अनुसार साउनमा एक करोड ४५ लाख रूपैयाँ, भदौमा एक करोड १९ लाख रूपैयाँ, असोजमा एक करोड छ लाख रूपैयाँ, कात्तिकमा एक करोड ४१ लाख रूपैयाँ, मङ्सिरमा एक करोड ३८ लाख रूपैयाँ, पुसमा एक करोड एक लाख रूपैयाँ, माघमा ९१ लाख, फागुनमा ९१ लाख रूपैयाँ र चैतको हालसम्म ७४ लाख रूपैयाँ बराबरको अवैध सामान बरामद भएको छ। 

अवैधरुपमा हुने चोरी निकासी कारोबारीमा कडाइ गरेपछि भन्सार राजस्वमासमेत वृद्धि भएको उनको भनाइ छ। नेपालगञ्जस्थित जमुनाह नाकासहित बाँकेमा सीमावर्ती ६५ किलोमिटर क्षेत्रमा मानिस सामानसहित ओहोरदोहोर गर्ने ३० नाका पहिचान भएका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक डाँगीले जानकारी दिए।

बाँकेमा सीमा सुरक्षाको लागि सशस्त्र प्रहरी बल नम्बर ३० बागेश्वरी गण अन्तर्गत १० वटा बोर्डर आउट पोष्ट (बीओपी) रहेका छन्। दशगजा क्षेत्रको सुरक्षा, सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रण, सीमा अतिक्रमणको अनुगमन तथा रोकथाम, सीमा क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रण तथा गैरकानुनी गतिविधि नियन्त्रणलाई थप प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरीले सीमा पैदलगस्ती परिचालन भएको सशस्त्र प्रहरी उपरीक्षक डाँगीले जानकारी दिए। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 10, 2024| 19:01 बुधबार, चैत २८, २०८०
प्रतिक्रिया दिनुहोस्