आइतबार, असार ७, २०८३

मजदुर बोकेको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु

 |  बुधबार, चैत २८, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, चैत २८, २०८०

भारतको छत्तीसगढमा मजदुर बोकेको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। मंगलबार बेलुकी साढे ८ बजे एक निजी कम्पनीका मजदुर चढेको बस छत्तीसगढको दुर्ग जिल्लास्थित कुम्हारीनजिक दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको हो।

National life

बस खपरी गाउँ पुग्नै लाग्दा अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल खसेको बीबीसीले जनाएको छ। दुर्घटनामा १५ जना भन्दा बढी घाइते भएका छन्।

त्यहाँ पुगेपछि गाडीको हेडलाइट नबलेको र सडकबत्ति पनि नबलेकोले दुर्घटना भएको घाइतेहरूले बताएका छन्। कच्ची सडकमा बस अनियन्त्रित भएपछि छेउमा रहेको खानीको खाडलमा खसेको घाइतेलाई उद्धृत गर्दै बीसीीले उल्लेख गरेको छ।

उक्त स्थानमा यसअघि पनि धेरै दुर्घटना भएको बताइएको छ। तर अहिलेसम्म खानीको खाली रहेको खाल्डो पुरिएको छैन। छत्तीसगढका मुख्यमन्त्री  विष्णुदेव सायले घटनाको अनुसन्धानका लागि निर्देशन दिइसकेको बताएका छन्।

दुर्घटनापछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र छत्तीसगढका मुख्यमन्त्री  विष्णुदेव सायले दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

Shivam cement

प्रकाशित: Apr 10, 2024| 12:17 बुधबार, चैत २८, २०८०
प्रतिक्रिया दिनुहोस्