बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • भारतमा भएको दुर्घटनामा मृत्यु भएका सात नेपालीको परिचय खुल्यो

भारतमा भएको दुर्घटनामा मृत्यु भएका सात नेपालीको परिचय खुल्यो

 |  बुधबार, चैत २८, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, चैत २८, २०८०

मंगलबार भारतमा भएको सवारी दुर्घटनामा परी मृत्यु भएका सात जना नेपालीको परिचय खुलेको छ।

भारतको नैनितालमा सवारी दुर्घटना हुँदा सात जना नेपालीसहित ८ जनाको मृत्यु भएको थियो भने दुई जना नेपाली घाइते भएका थिए।

मृत्यु हुनेमा ६ जना बाँके र एक जना बर्दियाका रहेका छन्। मजदूरी गरेर घर फर्कने क्रममा उनीहरू चढेको बोलेरो जिप दुर्घटनाग्रस्त भएको थियो।

दुर्घटनामा परी मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका- ८ का ४५ वर्षीय धिरज थारु, ५५ वर्षीय उदयराम थारु, ५० वर्षीय विश्राम थारु, ५१ वर्षीय तिलकराम थारु, ४२ वर्षीय अन्तराम थारु, ४२ वर्षीय विनोद थारु छन्। त्यस्तै बर्दियाका ६० वर्षीय टोपबहादुर बस्नेतको पनि मृत्यु भएको जनाइएको छ।

उक्त दुर्घटनामा परी बाँकेका ४२ वर्षीया वर्षीया शान्ति भन्ने लौटी थारु र दशरथ थारु तथा बर्दियाका हर्क दमाई र प्रेम बुढा घाइते भएका छन् ।

प्रकाशित: Apr 10, 2024| 10:30 बुधबार, चैत २८, २०८०
प्रतिक्रिया दिनुहोस्