बुधबार, भदौ १०, २०८३

मेयर बालेनले भने- म आफैं खराब छु

 |  मंगलबार, चैत २७, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २७, २०८०

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले समसामयिक राजनीतिक घटनाक्रमप्रति व्यंग्य गरेका छन्। उनले मंगलबार साँझ सामाजिक सञ्जाल फेसबूकमार्फत व्यंग्य गरेका हुन्। 

व्यंग्य गर्दै उनले कविता लेखेका छन्, ‘म राजा हुँदा लोकतन्त्र चाहियो भन्छु, राजा खराब भो। म गणतन्त्र आउँदा राजा चाहियो भन्छु, जनतन्त्र हराम भो। म जनता हुँदा नेता बन्न खोज्छु। नेता बन्दा जनता लडाउँछु। कमजोर हुँदा बलियोलाई रोज्छु। बलियो हुँदा आफैँ हराउछु ! म आफैँ आफ्नो शत्रु, म आफैँ दबाब हुँ ! म अरुलाई के भनम्, म आफैँ खराब छु !’

मंगलबार दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा राजसंस्थाको मागसहित प्रदर्शन गरेको थियो। प्रदर्शनका क्रममा झडप हुनुका साथै उपत्यकाको यातायात प्रभावित भएको थियो। 

प्रकाशित: Apr 09, 2024| 19:25 मंगलबार, चैत २७, २०८०
प्रतिक्रिया दिनुहोस्