आइतबार, पुस १३, २०८२

डोल्पा आगलागीमा तीन सैनिकको मृत्यु

 |  मंगलबार, चैत २७, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २७, २०८०

डोल्पामा भएको आगलागीमा परी घाइते भएका देवीदत्त गुल्मका थप २ जना नेपाली सेनाको मृत्यु भएको छ। उनीहरूको मंगलबार दिउँसो काठमाडौं किर्तिपुरमा रहेको बर्न हस्पिटलमा मृत्यु भएको हो।

National life

मृत्यु हुनेमा काभ्रे घर भएका ३८ वर्षका सेनाका जमदार केशवबहादुर जर्गा मगर र हुम्ला घर भएका २३ वर्षका सिपाही आशीष बुढा छन्। योसँगै मृत्यु हुनेको संख्या ३ पुगेको छ।

सोमबार जुम्लाको तातोपानी गाउँपालिका - ४ का २४ वर्षका सेनाका सिपाही हेमन्त रावतको मृत्यु भएको थियो। जिल्लाको ठूलीभेरी नगरपालिका–३ मा रहेको मष्टाभवानी सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा लिने क्रममा सोमबार दिउँसो देवीदत्त गुल्मका ४ जना सेना घाइते भएका थिए।

घाइते १ जना सेनाको उपचार भइरहेको छ। वनमा आइतबार दिउँसोदेखि लागेको डढेलो अत्यधिक हावाहुरीका कारण नियन्त्रणभन्दा बाहिर गएको थियो। हावाहुरीका कारण सोमबार दिउँसो फेरि डढेलो सुरू भएको थियो।

प्रकाशित: Apr 09, 2024| 19:14 मंगलबार, चैत २७, २०८०
प्रतिक्रिया दिनुहोस्