बुधबार, भदौ १०, २०८३

डोल्पा आगलागीमा तीन सैनिकको मृत्यु

 |  मंगलबार, चैत २७, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २७, २०८०

डोल्पामा भएको आगलागीमा परी घाइते भएका देवीदत्त गुल्मका थप २ जना नेपाली सेनाको मृत्यु भएको छ। उनीहरूको मंगलबार दिउँसो काठमाडौं किर्तिपुरमा रहेको बर्न हस्पिटलमा मृत्यु भएको हो।

मृत्यु हुनेमा काभ्रे घर भएका ३८ वर्षका सेनाका जमदार केशवबहादुर जर्गा मगर र हुम्ला घर भएका २३ वर्षका सिपाही आशीष बुढा छन्। योसँगै मृत्यु हुनेको संख्या ३ पुगेको छ।

सोमबार जुम्लाको तातोपानी गाउँपालिका - ४ का २४ वर्षका सेनाका सिपाही हेमन्त रावतको मृत्यु भएको थियो। जिल्लाको ठूलीभेरी नगरपालिका–३ मा रहेको मष्टाभवानी सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा लिने क्रममा सोमबार दिउँसो देवीदत्त गुल्मका ४ जना सेना घाइते भएका थिए।

घाइते १ जना सेनाको उपचार भइरहेको छ। वनमा आइतबार दिउँसोदेखि लागेको डढेलो अत्यधिक हावाहुरीका कारण नियन्त्रणभन्दा बाहिर गएको थियो। हावाहुरीका कारण सोमबार दिउँसो फेरि डढेलो सुरू भएको थियो।

प्रकाशित: Apr 09, 2024| 19:14 मंगलबार, चैत २७, २०८०
प्रतिक्रिया दिनुहोस्