बुधबार, भदौ १०, २०८३

शान्तिपूर्ण प्रदर्शनमा सरकारले दमन गर्‍यो: राप्रपा

 |  मंगलबार, चैत २७, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २७, २०८०

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदर्शनका क्रममा आफ्ना पार्टीका कार्यकर्तामाथि प्रहरीले दमन गरेको बताएका छन्।

गृहमन्त्रीले राप्रपाका कार्यकर्ताहरुलाई छानिछानि आक्रमण गर्न लगाएको उनले आरोप  लगाए। निषेधित क्षेत्रभन्दा बाहिर प्रदर्शन गर्दा पनि पार्टीका नेता बुद्धिमान तामाङलाई प्रहरीले पक्राउ गरेको उनको गुनासो थियो।

राप्रपाले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्ने र निषेधित क्षेत्र संविधान विपरीत रहेको भन्दै तोड्ने योजना बनाई प्रदर्शन गर्दा प्रहरीले दमन गरेको उनको भनाइ छ। उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा समेत माग गरेका छन्।

आफूहरुले अब सरकार र गृहमन्त्रीको राजीनामालाई पनि आफ्नो मागहरुमा समावेश गरेको सुनाए। उनले सरकारले तोकेको निषेधित क्षेत्रहरू संविधान बमोजिम नरहेको र संविधानले शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार दिएको बताए।

४० बुँदे माग पूरा गर्न दबाब दिँदै राप्रपाले काठमाडौंमा प्रदर्शन गरेको हो। सिंहदरबार अगाडिबाट माइतीघरतर्फ जानेक्रममा प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो।

rpp-1712647978.jpg
 

प्रकाशित: Apr 09, 2024| 16:40 मंगलबार, चैत २७, २०८०
प्रतिक्रिया दिनुहोस्