आइतबार, पुस १३, २०८२

चितवनका केरा किसानले १० महिनासम्म पाएनन् बिमाको रकम

 |  मंगलबार, चैत २७, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २७, २०८०

चितवन- जिल्लामा केरा खेती गरेर बसेका किसानले १० महिनादेखि बीमा दाबी भुक्तानी पाउन सकेका छैनन्। यहाँ रहेका २८ जना केरा उत्पादक किसानले बीमाबापतको रकम पाउन नसकेका हुन्।

National life

केरा उत्पादक सङ्घ चितवनका उपाध्यक्ष शङ्कर सुवेदीका अनुसार गत वर्ष वैशाख, जेठमा आएको हावाहुरीका कारण क्षति भएका केराको बीमा दाबी भुक्तानी अहिलेसम्म नपाएका हुन्। उनले भने, “मेरो ५५ बिघा क्षेत्रफलमा लगाएको केरामा क्षति भयो। अहिलेसम्म बीमा दाबी भुक्तानी पाउन सकेको छैन।”

हरेक वर्ष साउनमा व्यावसायिक किसानले बाली बीमा गर्ने गर्दछन्। जिल्लामा करिब तीन सय किसानले केराको बीमा गरेका छन्। ती बीमित किसानले रु आठ करोड हाराहारी बीमा दाबीसहित निवेदन दिएको उनले बताए। जसमध्ये अधिकांशको बीमाबापतको रकम सुरुआतमा नै आएको भए पनि अहिलेसम्म बाँकीको रकम नआउँदा किसान मर्कामा परेको उनले जानकारी दिए। उनले भने, “अझै चितवनका केरा उत्पादक किसानले बीमा दाबी भुक्तानीमार्फत रु एक करोड ५० लाखदेखि दुई करोडसम्म पाउन बाँकी छ।”

सङ्घका पूर्वअध्यक्ष घनश्याम महतो २०७८/०७९ को बीमाबापतको रकम पाउन नसकेको बताए। उनले भने, “किसानले पटकपटक बीमा कम्पनीमा सम्पर्क गर्दा पनि भुक्तानी पाउन सकेका छैनन्।” क्षति भएको ३५ दिनभित्र बीमाबापतको रकम दिने भनिएको भए पनि दश महिनादेखि रकम पाउन नसक्दा किसान समस्यामा परेको उनले बताए। उनले भने, “किसान गयो पैसा निकासा भएको छैन भनेर पठाउँछ।”

शिखर इन्सुरेन्स कम्पनी लि नारायणगढ शाखाका व्यवस्थापक अरुणदेव आचार्य राज्यले दिने अनुदान रकम निकासा नहुँदा किसानले बीमा भुक्तानी पाउन कठिन भएको बताए। उनले भने, “किसानले निवेदन दिएको लामो समय भयो। समस्यामा परेका छन्। अब केही निकास निस्किन्छ होला।” अहिले सरकारले अनुदानबापतको रकम पठाएको आफूले जानकारी पाएको जनाउँदै उनले केही समयमै भुक्तानीबापतको रकम पाउन सक्ने बताए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 09, 2024| 19:31 मंगलबार, चैत २७, २०८०
प्रतिक्रिया दिनुहोस्