आइतबार, पुस १३, २०८२

डुबेर चारको मृत्यु, चारजना मृत फेला

 |  मंगलबार, चैत २७, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २७, २०८०

काठमाडौं- देशका विभिन्न स्थानमा डुबेर चार जनाको मृत्यु भएको छ भने फरक फरक स्थानमा चार जना मृत फेला परेका छन्।

National life

प्रहरीका अनुसार रौतहट, वृन्दावन नगरपालिका-१ रमौली बैरिया बस्ने हुलाश बैठाको छोरी १३ वर्षीया निरन्जना कुमारी बैठाको सोही ठाउँस्थित सामुदायिक पोखरीमा नुहाउने क्रममा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ।

कपिलवस्तु, वाणगंगा नगरपालिका-१० बनगवा वस्ने राजाराम थारुको छोरा २ वर्षीय बिवान्स थारुको पानी जम्मा भएको खाल्डोमा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ। छिमेकीको घरको आँगनमा खेल्ने क्रममा उक्त खाल्डोमा डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो।

रसुवा, नौकुण्ड गाउँपालिका-६ कपथली बस्ने १९ वर्षीय बिजय तितुङको सोही ठाउँस्थित फलाखु खोलामा पौडी खेल्ने क्रममा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ।

नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-१२ मालपुर बस्ने ५९ वर्षीय सिताराम महतोको सोही ठाउँस्थित कुलोको पानीमा डुबेर मंगलबार बिहान मृत्यु भएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Laxmi sunrise bank
kumari

मृत फेला
झापा, बुद्धशान्ति गाउँपालिका-१ दामा बस्ने ६२ वर्षीय सार्कबेगा लिम्बु सोही ठाउँस्थित दामा डाडामा सोमबार मृत अवस्थामा फेला परेका छन्।

रूपन्देही, मायादेवी गाउँपालिका-६ बरौलास्थित बेथरी खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेका पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन्।

यसैगरी रूपन्देही, लुम्बिनी सांस्कृतिक नगरपालिका-११ गनबरिया बस्ने शिवशकंर लोधको छोरा ७ वर्षीय अमित लोध सोही ठाउँस्थित निर्माण हुँदै गरेको घरको सेफ्टी ट्याङ्की भित्र सोमबार मृत अवस्थामा फेला परेका छन्।

रोल्पा, सुनछहरी गाउँपालिका-४ झिन्जास्थित छहरीखोलामा हाल नाम, थर, वतन नखुलेकी महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Apr 09, 2024| 15:06 मंगलबार, चैत २७, २०८०
प्रतिक्रिया दिनुहोस्