बुधबार, भदौ १०, २०८३

पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

 |  मंगलबार, चैत २७, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २७, २०८०

स्याङ्जा- आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर आज बिहान बालकको मृत्यु भएको छ। गल्याङ प्रहरी चौकीका अनुसार गल्याङ नगरपालिका- २ गराङ्दी बस्ने भरत रानाका १४ वर्षीय छोरा युनिक रानाको डुबेर मृत्यु भएको हो।
 
छ जना साथीहरु पौडी खेल्न गएका थिए। राना पानीको रहमा डुबेपछि स्थानीयवासीले गल्याङ प्रहरी चौकीलाई खबर गरेका थिए। बिहान १०:३० बजे रहमा बेपत्ता भएका रानाको खोजी गर्दा मृत फेला परेका हुन्। 

रानाको शव परीक्षणका लागि वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा पठाइएको गल्याङ प्रहरी चौकीले जनाएको छ। रानासँगै पौडी खेल्न गएका उनका साथीहरुलाइ प्रहरीले सोधपुछ थालेको छ।

प्रकाशित: Apr 09, 2024| 14:28 मंगलबार, चैत २७, २०८०
प्रतिक्रिया दिनुहोस्