शनिबार, वैशाख १२, २०८३

भारतको नैनीतालमा सवारी दुर्घटना हुँदा ७ नेपालीको मृत्यु

 |  मंगलबार, चैत २७, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २७, २०८०

कञ्चनपुर- सोमबार राति भारतको नैनीताल जिल्लाको बेतालघाटमा भएको सवारी दुर्घटनामा परी सात जना नेपालीसहित सवारी चालक भारतीय नागरिकको मृत्यु भएको छ।

National life

बेतालघाट पुलिस थानाका सब-ईन्सपेक्टर अनिश अन्सारीका अनुसार मृत्यु हुनेमा विश्राम चौधरी, धिरज चौधरी, अन्तराम चौधरी, विनोद चौधरी, तिलक चौधरी, उदयराम चौधरी र गोपाल बस्नेत छन्। मृतकको साथमा फेला परेको कागजातको आधारमा उनीहरु नेपालको साविक भेरी अञ्चल बबइका भएको बेतालघाट पुलिस थानाले जनाएको छ।

घटनास्थल वरपर नेपालीहरु सडक छेउमा पाइप बिछ्याउने काम गर्दथे। उनीहरु गाडी भाडामा लिएर टनकपुर आउने तयारीमा सामान लोड गर्दागर्दै सवारी सडकदेखि तल झरेको अन्सारीले बताए।

‘काम गर्ने ठाउँ नजिकै दुर्घटना हुँदा सात नेपालीसहित स्थानीय चालकले ज्यान गुमाए,’ उनले भने, ‘उनीहरुको शव नैनीताल सरकारी अस्पतालमा राखिएको छ।’ दुर्घटनामा परी धीरज चौधरीको श्रीमती शान्ति चौधरी र जनक चौधरी घाइते भएको उनले  जानकारी दिए।

गाडी सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो। दुर्घटनाको उद्धारमा राति प्रहरीलगायत 'स्टेट डिजास्टर रेस्पोन्स टिम'समेत खटिएको सब-इन्सपेक्टर अन्सारीले बताए।

kumari

प्रकाशित: Apr 09, 2024| 14:12 मंगलबार, चैत २७, २०८०
प्रतिक्रिया दिनुहोस्