आइतबार, पुस १३, २०८२

संखुवासभामा छोराले कुटपिट गर्दा बुवाको मृत्यु

 |  मंगलबार, चैत २७, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २७, २०८०

National life
Laxmi sunrise bank
kumari

सङ्खुवासभा- सङ्खुवासभाको पाँचखपन नगरपालिका- २ गैरीगाउँमा छोराको कुटपिटबाट बुवाको मृत्यु भएको छ।

२८ वर्षीय छोरा सुमन राईको कुटपिटबाट ५० वर्षीय बुवा युवराज राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिए। गएराति घरायसी वादविवादमा  छोरा सुमनले बुवालाइ कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते ५० वर्षीय युवराजको उपचारका क्रममा आज बिहान जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

कुटपिटमा संलग्न राईलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ। 

प्रकाशित: Apr 09, 2024| 13:01 मंगलबार, चैत २७, २०८०
प्रतिक्रिया दिनुहोस्