सोमबार, असार ८, २०८३

कैलालीमा एउटै कोठामा दिदीबहिनी मृत फेला

 |  मंगलबार, चैत २७, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २७, २०८०
National life
Shivam cement

कैलालीमा दिदीबहिनी मृत फेला परेका छन्। आज बिहान करिब ७ बजे घोडाघोडी नगरपालिका-१० ठेबारस्थित एक घरमा दुई जना मृत फेला परेका हुन्।

टिनले छाएको काठको दुई तले कच्ची घरको तल्लो कोठामा दिदीबहिनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

मृतक २७ वर्षीया सिमालु चौधरी र उनकी २२ वर्षीया बहिनी इन्द्रा हुन्। उनीहरू दुवै झुण्डिएको अवस्थामा फेला परेका हुन्। प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Apr 09, 2024| 11:12 मंगलबार, चैत २७, २०८०
प्रतिक्रिया दिनुहोस्