बुधबार, भदौ १०, २०८३

सूर्य ग्रहणलाई गुगलले विशेष एनिमेसनसहित देखाउने

 |  सोमबार, चैत २६, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, चैत २६, २०८०

काठमाडौं- सोमबार चन्द्रमा सूर्य र पृथ्वीको बीचबाट जाँदा सूर्यको प्रकाश पूर्ण रूपमा अवरुद्ध हुने हुँदा सूर्य ग्रहण लाग्नेछ। 

यस दृश्यलाई गुगलले विशेष एनिमेसन मार्फत देखाउने छ। प्रयोगकर्ताहरूले गुगलमा ‘सूर्य ग्रहण’ टाइप गरी सूर्य ग्रहणलाई ग्राफिक दृष्यमा देख्न सकिनेछ। 

सूर्य चार मिनेटको लागि ढाकिने र यसको बाहिरी तहमा उज्यालो रहने सूर्यग्रहण नेपाल, भारत लगायतका एशियाली मुलुकहरूबाट देख्न सकिने छैन तर कोलम्बिया, स्पेन, भेनेजुएला, आयरल्याण्ड, पोर्टल, आइसल्याण्ड, बेलायत र केही क्यारेबियाली देशहरूबाट खण्डग्रास (आंशिक) ग्रहण देखिनेछ। 

अमेरिकी अन्तरिक्ष निकाय (नासा) ले सूर्यग्रहणसम्बन्धी आफ्नो प्रत्यक्ष प्रशारण गर्ने र ५ बजे सुरु हुने उक्त प्रशारण करिब तीन घण्टा जारी रहने बताएको छ। 
 

प्रकाशित: Apr 08, 2024| 18:44 सोमबार, चैत २६, २०८०
प्रतिक्रिया दिनुहोस्