बुधबार, भदौ १०, २०८३

वेद र विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा

 |  सोमबार, चैत २६, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, चैत २६, २०८०

काठमाडौं– वेद र विज्ञानका ज्ञान अनुभवका आधारमा आधुनिक समाजलाई गति दिन यस क्षेत्रका ज्ञाता र प्रबुद्ध व्यक्तिले जोड दिएका छन्।

क्याडेनियन वैदिक हेरिटेज, क्यानाडाद्वारा आइतबार काठमाडौंमा आयोजित वेद र विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा स्वामी डा केशवानन्दले वेदमा भएका विज्ञानका गहन विषयवस्तुहरुलाई अहिलेका पुस्ताले मनन गर्नुपर्ने बताए।

उनले वेद र विज्ञानले एकले अर्कोलाई बहिष्कार नगरी आपसमा सामञ्जस्यको खोजी गर्नुपर्ने बताए। विश्लेषक अरुण सुवेदीले उपनिषद् पढ्दा आफूलाई केमेष्ट्री पढे जस्तो लागेको बताउँदै आजका आधुनिक विज्ञानका पुस्तकमा पढिएका कुरा सात हजार वर्ष अगाडि हाम्रै ग्रन्थहरुमा रहेछन् भन्ने थाह पाउँदा गौरव लागेको उल्लेख गरे।

लेखक सौरभ सत्यालले समाज नै वेदको अवधारणमा सञ्चालित भएको बताउँदै यसलाई संस्थागत ज्ञान र अभिलेखमा राख्ने प्रणाली पुनःस्थापित गर्नुपर्नेमा जोड दिए।

पत्रकार युवराज घिमिरेले आफूले भारतमा पत्रकारिता गर्दा सतिप्रथाबारे बुझ्नखोज्दा वेद र उपनिषद् पढेको र वेदमा अहिलेका विश्वविद्यालयमा पाइने ज्ञान नै आफूले पाएको बताए।

अर्थवेदाचार्य नारायाण घिमिरेले गुरुकूल पद्धतिको संरचना भत्काएर आधुनिक विज्ञानको संरचनामा समाज गएको स्थितिमा अब आधुनिक विज्ञानका कमीकमजोरीलाई वेदका ज्ञानबाट पूर्ति गरी अघि बढ्नुपर्नेमा जोड दिए।

सम्मेलनमा नेपाल, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, क्यानडा, जर्मनी र भारतबाट आएका प्रतिनिधिको सहभागिता रहेको थियो।

प्रकाशित: Apr 08, 2024| 18:39 सोमबार, चैत २६, २०८०
प्रतिक्रिया दिनुहोस्